
आइतबार बिहानदेखि सम्पर्कबिहीन तारा एयरको जहाज अहिलेसम्म भेटिएको छैन।कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जहाज हालसम्म नभेटिएका जानकारी दिए। जहाज भेटिएको भनेर विभिन्न कुराहरु आएको भएपनि हालसम्म उक्त स्थानमा कुनै पनि निकाय नपुगेको उनले बताए।

उनले अहिलेसम्म ४ वटा हेलिकोप्टरले जहाजको खोजी गरे पनि रात परेकाले खोजी कार्य रोकिएको बताए । अब हवाईबाट खोजी कार्य सोमबार बिहानैदेखि सुरु गरिनेछ। तर पैदल यात्रामा निस्किएका सुरक्षा निकायका टोलीले भने रात्रिमा पनि खोजी गर्नेछ।



यस्तै, पर्यटन तथा नागरिक उड्डन मन्त्री प्रेम आलेले पनि तारा एयरको जहाज भोलि बिहान ६ बजेदेखि नै खोजतलास गर्न थालिने आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकमा जानकारी गराएका छन्। खोजी गर्को लागि पोखरामा तीन वटा हेलिकप्टर र जोमसममा दुई वटा हेलिकप्टर तयारी अवस्थामा रहेको उनले बताए।
