अभिनेत्री दीया पुगिन् सगरमाथाको चुचुरोमा

अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् ।

आरोही पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनीसहित २० जनाले एकसाथ सगरमाथाको आरोहण गरेका हुन्। गत चैतमा आरोहण सुरू गरेकी दीया केही ढिलो गरेर सगरमाथाको चुचुरोमा पुगेकी हुन् ।सबैजना चुचुरोबाट अहिले साउथ पोलमा सुरक्षित र न्यानो भएर फर्किएको आरोही पूर्जाले जानकारी दिए।

बिज्ञापन

दीया सगरमाथा चढ्ने दोस्रो नेपाली अभिनेत्री बनेकी छन् । यसअघि निशा अधिकारीले सगरमाथा चढेकी थिइन् । गतसाता गायक राजु लामाले पनि जलवायु परिवर्तन विरुद्धको सन्देश दिन सगरमाथा चढेका थिए ।अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी थिइन्। दीया अभिनित फिल्म मन्त्र केहीसमय अगाडि सार्वजनिक प्रदर्शनमा आएको थियो ।