बालेनलाई माधव नेपालले दिए बधाई

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता नेपालले बधाई दिएका हुन् ।‘यहॅाले सार्वजनिकरूपमा प्रतिबद्धता गरे अनुरूप काठमाडौंलाई उत्कृष्ट शहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवम् सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर रहेको छ ।’सँगै उनले महानगरमा निर्वाचित सबै जनप्रतिनिधिलाई बधाई दिएका छन् ।

बिज्ञापन