प्रधानसेनापति शर्मा अमेरिका गएपछि देउवा पनि जाने

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माको असारको दोस्रो हप्ता हुने भ्रमणको तयारी भइरहेको बुझिएको छ । तर, भ्रमणबारे औपचारिक मिति खुलाइएको छैन ।शर्माले अमेरिकामा महत्त्वपूर्ण भेटहरू गर्ने बुझिएको छ । उनले भ्रमणको निम्तो भने पाइसकेका छन् ।

शर्माको भ्रमणपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि अमेरिका जाने बुझिएको छ । पछिल्लो समय नेपालको अमेरिकासँग सम्बन्ध निकै सुदृढ भएको छ । देउवा प्रधानमन्त्री बनेपछि एमसीसी सदनबाट पारित भएको छ । अमेरिकी सहयोग निकाय युएसएआइडीले थप सहयोगको घोषणा गरेको छ ।अमेरिकी अधिकारीहरूको नेपाल भ्रमण बाक्लिएको छ । सांसदहरूको अहिलेसम्मकै ठूलो टोलि नेपाल आएको छ ।

बिज्ञापन