
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताअनुसारको काम अघि बढेको जानकारी दिएकी छन्।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९–०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले एमसीसी सम्झौताअनुसार विद्युत् प्रशारण लाइनको काम अघि बढेको जानकारी दिएकी हुन्।१० महिनासम्ममा थप ६३८ मेगावट विद्युत् उत्पादन भएको उनले बताइन्।
बिज्ञापन



