
कैलालीमा सोमबार साँझ बस दुर्घटना हुँदा बसका सहचालक लम्कीचुहा–२ का २० वर्षीय पारस खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्लाको घोडाघोडी नगरपालिका –१० आमखैयास्थित महेन्द्रराजमार्गमा बसको ब्रेकफेल भई नालीमा बस पल्टिएर दुर्घटना भएको थियो ।

कर्णाली रिभर्र साईडको ना५ख ८६९१ नम्बरको बस ब्रेकफेल भई नालीमा बस पल्टिँदा बसमा सवार १० जना मध्ये ५ जना घाइते भएका थिए ।घाइतेहरूको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेकामा गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको थियो । गम्भीर घाइतेमध्ये खत्रीको गयराती नै कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ भने अर्का सहचालक १८ वर्षीय सन्दिप घर्तिमगरको कोहलपुरमै उपचार भैरहेको छ ।
बिज्ञापन



