०७४ को चुनावमा भाग्यले हारेका हुकुमसिंह राई बने कमल गाउँपालिका अध्यक्ष

झापाको कमल गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका हुकुमसिंह राई निर्वाचित भएका छन्।​ हुकुमसिंहले १२ हजार ८ सय ६८ मत ल्याउँदा भीमप्रसादले राईलाई ९ हजार ६ सय ५३ मतमात्र पाए । हुकुमसिंह २०७४ को निर्वाचनमा एमालेकी मेनुका काफ्लेसँग बराबरी मत ल्याएपछि गोला प्रथामा पराजित भएका थिए।

काफ्ले र राईले समान ८ हजार २ सय ७५ मत पाएपछि अन्तिम निर्णय गोलाप्रथाबाट गरिएको थियो । जनताले जिताए पनि भाग्यले हराएको त्यतिबेला उनको भनाइ थियो । यसपटक भने हुकुमसिंहले निकटतम प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद राईलाई ३ हजार २ सय १५ मतान्तरले पराजित गरेका हुन् ।

बिज्ञापन

उपाध्यक्षमा भने एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएकी छन्। न्यौपानेले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पर्शुराम सुवेदीलाई २ हजार ४ सय ७४ मतान्तरले पराजित गरिन् ।न्यौपानेले १० हजार ८ सय ४५ मत पाइन् भने सुवेदीले ८ हजार ३ सय ७१ मत मात्र पाए ।