धनगढीमा स्वतन्त्रले २० हजार मत कटाउँदा कांग्रेस १० र एमालेले ५ हजार छुन सकेनन्

काठमाडौं। धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २० हजार मत कटाएका छन्।४४ हजार १०३ मतगणना गर्दा हमालले २० हजार ६ ल्याएका छन्।तर, त्यहाँ अझैं गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नृप बहादुर वडले १० हजार मत ल्याउन सकेका छैनन्।त्यस्तै, एमालेले ५ हजार मत पनि ल्याउन सकेको छैन।उपमेयरमा भने माओवादी केन्द्रकी उम्मेदवारले अग्रता लिइरहेकी छन्।धनगढीमा कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन छ।धनगढी उपमहानगरपालिकाको ४४१०३  मतको अपडेट

मेयर 

बिज्ञापन

गोपाल हमाल (स्वतन्त्र) : २०००६
नृपबहादुर ओड (कांग्रेस) : ९९२९
रणबहादुर चन्द (एमाले): ४९१४

उपमेयर
शान्ती अधिकारी (माओवादी) :९२०९
कन्दकला राना (एमाले)  :८५४०
प्रभाकर भण्डारी (स्वतन्त्र ) : ५३६८