
बुटवल उपमहानगरपालिकाको वडा नम्बर ११ को मतपेटिका सिल तोडिएको भेटिएपछि मतगणना कार्य स्थगित भएको छ ।

मतपेटिकाभित्रै स्वस्तिक छापसमेत फेला परेपछि अहिले मतगणना कार्य स्थगित भएको निर्वाचन कार्यालयले जनाएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीले मतपेटिका नै सिल तोडिएको भन्दै पुनः मतदान हुनपर्ने माग गर्दै मत गणना स्थलबाट बाहिरिएको छ।बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेयले १७०३६ मत ल्याएर अग्रता लिइरहेका छन्। उनलाई एमालेका बाबुराम भट्टराईले ११९१३ मत ल्याएर पछ्याइरहेका छन्।
बिज्ञापन



