काठमाडौंमा ५५ हजार बढी मतगणना हुँदा बालेनले पाए २१ हजार मत

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ ।

५५ हजार ७९२ मतगणना हुँदा बालेनले आफ्नो अग्रता कायम राखिरहेका छन् ।पछिल्लो विवरणअनुसार बालेनले २१ हजार ३२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ११ हजार २१६ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहको पक्षमा १० हजार ३६२ मत खसेको छ ।

बिज्ञापन