
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लगाएको ज्याकेट एक करोड ३७ लाख २० हजार रूपैयाँ (अमेरिकी एक सय एघार हजार अमेरिकी डलर) मा बिक्री भएको सिएनएनले जनाएको छ ।

उक्त ज्याकेट बिहीबार लन्डनमा आयोजित कार्यक्रममा युक्रेनको सहयोगका लागि बिक्री भएको हो।यसै सन्दर्भमा बेलायतको लागि युक्रेनी दूतावासले एक भिडिओ ट्विट गरेको छ। भिडिओसँगै क्याप्सनमा लेखेको छ, ‘थुप्रै फ्लिसको ज्याकेटमध्ये जेलेन्स्कीको एक मात्र यो ज्याकेट, ९० हजार पाउन्डमा बिकेको छ।’भिडिओमा राष्ट्रपतिले उक्त ज्याकेट लगाएर युद्धमा हिँडेको फोटा र भिडिओ क्लिपहरू देख्न सकिन्छ।
बिज्ञापन



