
चिनियाँ सेनाले ताइवान नजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ ।

संयुक्त लडाई अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । ताइवानले दाबी गरेको टापु नजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका बढिरहेका बेला पछिल्लो विवरण सार्वजनिक भएको हो । पछिल्ला दुई वर्षदेखि ताइवान नजिकै चिनियाँ सैन्य गतिविधि बढेको ताइपेइले गुनासो गर्दै आएको छ ।सैन्य अभ्यास र गतिविधि वायु रक्षा पहिचान क्षेत्र वा टापुको एडीआइजेडको दक्षिणी र दक्षिण पश्चिमी भागमा सञ्चालन गरिएका छन् । १८ चिनियाँ विमानहरू आफ्नो वायु रक्षा क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार ताइवानको वायुसेनालाई ‘एक्सन’ मा राखिएको थियो ।
बिज्ञापन



