देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । बैतडीको दशरथचन्द नगरपालिका-१ कलौन बस्ने ४० वर्षीय अंकित प्रशाद भट्ट मृत अवस्थामा फेला परेका छन् ।

सुर्नया गाउँपालिका-२ सिन्केलेक भन्ने स्थानमा आइतबार उनी मृत अवस्थामा फेला परेका हुन् ।विगत ३ दिनदेखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । गोरखाको भिमसेन थापा गाउँपालिका-१ कनकामना सामुदायिक वनमा सोही गाउँपालिका-४ बस्ने ७८ वर्षीया फुलमती सार्की आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

बिज्ञापन

ललितपुरको महाकाल गाउँपालिका-२ मानिखेल बस्ने ४५ वर्षीय दिपक भोम्जन सोही ठाउँस्थित मानिखेल आधारभूत बिद्यालयको भवन पछाडि आइतबार मृत अवस्थामा फेला परेका छन् ।कञ्चनपुरको भिमदत्त नगरपालिका-१८ गोबरियास्थित नालामा सोही नगरपालिका-१८ निम्बुखेडा बस्ने ५५ वर्षीय जगदिश महरा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको कोशी गाउँपालिका-८ सप्तकोशी नदीको किनारामा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका-१५ रानिचौरस्थित नारायणी नदीको किनारामा कावासोती नगरपालिका-६ बस्ने २५ वर्षीय प्रकाश भुषाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।कावासोती नगरपालिका-३ पिठौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव फेला परेको हो । घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।