रुकुममा माओवादीका कार्यकर्ताद्वारा कांग्रेसका कार्यकर्तामाथि निर्घात कुटपिट

चुनाव प्रचारप्रसारका क्रममा रुकुम पश्चिममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

घरदैलो कार्यक्रमका क्रममा चौरजहारी नगरपालिकाका ६ वडामा शनिबार राति माओवादी कार्यकर्ताले आक्रमण गरेका हुन् । माओवादी कार्यकर्ताको आक्रमणबाट कांग्रेसका लक्ष्मण बोहोरा गम्भीर घाइते भएका छन् ।उनलाई  नेपालगन्ज रिफर गरिएको छ र उनको अवस्था गम्भीर रहेको छ ।

बिज्ञापन