
काठमाडौँ — ‘मिस युनिभर्स नेपाल २०२२’का लागि आवेदन खुला गरिएको छ ।

मिस युनिभर्स फ्रेन्चाइजअन्तर्गत उमंग क्रिएसनद्वारा तेस्रो पटक आयोजना हुने प्रतियोगितामा समावेशिता र अवसरको सिर्जना गरिने मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले बताइन् ।प्रतियोगिताका लागि ५ मे देखि दुई महिनासम्म आवेदन खुला रहनेछ । यो दुई महिनामा उमंग क्रिएसनले नेपालभर विभिन्न कार्यक्रम तथा कार्यशाला गर्ने घोषणा गरेको छ।



अघिल्लो वर्षकी मिस युनिभर्स नेपाल सुजिता बस्नेत र आयोजक समूहले काठमाडौंका कलेजसँगै विराटनगर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, पोखरा, सुर्खेतलगायत सबै प्रदेशका सहरहरूको पनि भ्रमण गर्ने बताइएको छ ।अगस्ट १९ मा सुन्दरीहरूबीच अन्तिम प्रतिस्पर्धा हुनेछ । विजेताले मिस युनिभर्सको ७१ औं संस्करणको मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने छिन्। साथै १० लाख नगदसँगै अन्य उपहार पनि प्राप्त गर्नेछन् ।
