देशभर १९ जना कोरोना संक्रमित थपिँदा १८ जना संक्रमण मुक्त

काठमाडौं : देशभर पछिल्लो २४ घन्टामा १९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा ३ हजार ८ सय २१ जनामा कोरोना परीक्षण गर्दा थप १९ जना संक्रमित थपिएका हुन्। यस्तै १८ जना संक्रमणमुक्त भएका छन्।

देशभर पछिल्लो २४ घन्टामा ३० हजार ६ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ।हालदेशभर २ सय १७ जना कोरोना संक्रमित रहेका छन्।

बिज्ञापन