विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, बाहिर निकालिएका यात्रुलाई भित्र पठाइँदै

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु नभेटिएको प्रहरीले जनाएको छ ।

त्यहाँ शंकास्पद वस्तु रहेको भन्दै एक अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडान बन्द गर्दै आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको थियो ।त्यहाँ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीलेकुकुरसहित सर्च अपरेसन गरेको थियो । तर, केही शंकास्पद वस्तु नभेटिएको प्रहरीले जनाएको छ ।केही शंकास्पद वस्तु नभेटिएपछि बन्द रहेको आन्तरिक उडान सुचारु गर्ने तयारी भइरहेको छ । विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएका यात्रुलाई भित्र पठाउन थालिएको छ ।

बिज्ञापन