
काठमाडौं- कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङको विराटनगर जाँदैछन्।

कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न देउवा विराटनगर जान लागेका हुन्।आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै आयोजना हुन लागेको सभालाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आजबाट देशभरका विभिन्न १० स्थानमा चुनावी सभा गर्न लागेको हो।



जसअनुसार आज पहिलो दिन विराटनगर, भोलि भरतपुर, पर्सि तेस्रो दिन काठमाडौं, वैशाख २४ गते चौथो दिन रुपन्देही र सोही दिन दिउँसो तनहुँ, त्यस्तै वैशाख २४ गते नै जनकपुर, वैशाख २५ गते पाँचौ दिन पोखरा र दाङ, वैशाख २६ गते छैटौं दिन धनगढी र वैशाख २७ गते डडेल्धुरामा आमसभा गर्ने तालिका रहेको छ।
