गौरादहमा राप्रपाले भ्रष्टाचार नगर्ने कसम खाँदै गरायो उम्मेदवारी दर्ता

दमक । देशै भरि राप्रपाको पक्षमा माहोल बनिरहेको अबस्थामा आसन्न स्थानीय निर्वाचनको लागि आज झापाको गौरादहमा राप्रपाले उम्मेदवारी दर्ता गराएको छ । नगरबासीहरुको उल्लेख्य उपस्थिति सहित नगरको डिपुचोक स्थित पार्टी कार्यलयबाट गौरादह बजार हुँदै नगरपालिकामा उपस्थित भएर मेयर , उप-मेयर सहित ९ ओटै वडाहरुमा वडा अध्यक्षहरुको उम्मेदवारी दर्ता गराएक छन् ।

सयौंको संख्यामा उपस्थित भएका नगरवासीहरुले नारावाजी सहित नगरपरिक्रमा गर्दा स्थानीयहरु घर-घरबाट निस्किएर राप्रपाको नारामा समर्थन जनाइरहेका थिए ।`भ्रष्टाचारी होसियार , होसियार होसियार ´ `राजसंस्था जिन्दावाद ´ `हिन्दुराज्य कायम गर ´ `चामल गाड्न पाइदैन ´ राप्रपाले के भन्छ , गोपाल पौडेल ले भन्छ ´ जस्ता नाराहरुले आज गौरादह गुञ्जयमान भएको थियो ।कांग्रेस र एमालेको दबदवा रहेको गौरादह नगरमा राप्रपाको उदयलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।

बिज्ञापन

राप्रपाले गौरादहको मेयरमा केन्द्रीय सदस्य समेत रहेका मिडिया नेपालका अध्यक्ष युवा नेता गोपाल पौडेललाई उठाएको छ भने उप-मेयरमा भरिपूर्ण राईलाई उठाएको छ । त्यस्तै १ नम्बर वडा अध्यक्षमा देवेन्द्र कुमार खड्का , २ नम्बरमा भोला नेपाल , ३ नम्बरमा चन्द्र जंग कार्की , ४ नम्बरमा ज्ञानेन्द्र कटवाल , ५ नम्बरमा नर बहादुर कार्की , ६ नम्बरमा टेकलाल राजवंशी , ७ नम्बरमा टेक प्रसाद अधिकारी , ८ नम्बरमा देवेन्द्र थापा र ९ नम्बरमा मुरली न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

मन्दिरमा कसम खाएर उम्मेदवारी दर्ता

राप्रपाले नगर परिक्रमा गर्ने क्रममा गौरादह २ नम्बर वडामा अबस्थित बिसहरी मन्दिर भित्र प्रवेश गरि सम्पूर्ण उम्मेदवारले भ्रष्टाचार गर्ने छैन भनी कसम खाएका थिए ।राप्रपाको राष्ट्रिय निति अन्तर्गत गौरादह नगरमा उठ्ने सम्पूर्ण उम्मेदवारले `भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो ´ भनी भ्रष्टाचार नगर्ने कसम खाएका थिए ।