पत्रकार पाण्डेमाथि भएको घटनाप्रति ध्यानाकर्षण गराउदै, दोषिलाई कडा कारवाही गर्न प्रेस युनियनको माग

नेपाल प्रेस युनियन काठमाडौं शाखाका सदस्य, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सचिव राेशनराज पाण्डेमाथि आइतबार काभ्रेमा भएकाे आक्रमणकाे घटनाप्रति नेपाल प्रेस युनियन, काठमाडौंले गम्भीर ध्यानाकर्षण गराएकाे छ ।

ज्यानै लिने उद्देश्यले आपराधिक पृष्ठभूमिका व्यक्तिहरू प्रयाेग गरि भएकाे अपराधिक घटना भत्सर्नायाेग्य छ ।

बिज्ञापन

पत्रकार पाण्डेमाथि आक्रमणका याेजनाकार र साे अपराधिक कार्यमा संलग्न सबैलाई कानूनी कठघरामा ल्याउन प्रेस युनियन काठमाडौं शाखाले माग समेत गरेकाे छ ।

प्रेस विज्ञप्ति जारी गर्दै भनिएकाे छ, “शान्तिपूर्ण राजनीतिमा आफूलाई प्रवेश गराउन लाग्नुभएका पाण्डेकाे लाेकप्रियतासँग तर्सिएकाे समुहले गराएकाे अपराधिक घटनाले नेताका नाममा स्थानीय तहमा रजगज गर्दै आएकाे समूह कति आतंकित भएकाे रहेछ भन्ने थप प्रष्ट भएकाे छ ।

त्यस्ता समूहलाई हिंसाकाे बलमा राजनीतिमा टिकिरहन्छु भन्ने भ्रम नराख्न पनि चेतावनी दिन चाहन्छु।”

साथै घाइते पाण्डेकाे स्वास्थ्य लाभकाे कामना गर्दै दाेषि माथि कडा कारवाही गर्न सुरक्षा निकायकाे ध्यानाकर्षण गराउने काम नेपाल प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष जगन्नाथ दुलालले गरेका छन्।