पाँचथरस्थित कांग्रेसको कार्यालयमा तालाबन्दी

नेपाली कांग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ।

टिकट बाँडफाँटको विषयमा असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका हुन्।

बिज्ञापन

मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारको टुंगो नगरेको भन्दै आक्रोषित कार्यकर्ताले तालाबन्दी गरेका हुन्।

पार्टी नेतृत्वले मनोमानी ढंगले टिकट बाँडफाँट गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

विवाद चर्किदै गएपछि अहिलेसम्म कांग्रेसले पाँचथरका कुनै पनि स्थानीय तहका लागि उम्मेदवारको टुंगो लगाउन सकेको छैन।