रेनु दाहाल र विजय सुवेदीबीच भरतपुरमा भिडन्त

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदीबीच भिडन्त हुने भएको छ । पाँच दलीय गठबन्धनबाट दाहाल र एमालेबाट सुवेदीलाई टिकट दिइएसँगै भिडन्त निश्चित भएको हो ।

दाहालले मेयरबाट राजीनामा दिएर दोस्रो कार्यकालका लागि माओवादीबाट उम्मेदवारी दिएकी हुन्।

बिज्ञापन

यस्तै सुवेदी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवार भएका हुन् ।

उपमेयरको उम्मेदवार भने सत्ता गठबन्धनबाट काँग्रेस र एमाले दुबैले टुंगो लगाएका छैन् ।

माओवादीबाट मेयरमा दाहाल निर्वाचित हुँदा ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।

उपमेयरमा काँग्रेसबाट पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिब्या शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् ।

भरतपुरको मेयरको मत हेर्दा काँग्रेस र माओवादी दुबैको जोड्दा पनि एमालेका ज्ञवालीको मत २०३ मात्र कम थियो ।

काँग्रेससहितका पाँच दलीय चुनावी तालमेल गरे पनि एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ।
यसअघि भरतपुरमा राप्रपाले पनि राम्रै मत पाएको थियो।

राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत ल्याएका थिए भने उपप्रमुख रीना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन्।