
एक रिभोल्यूशनरी गार्ड्सकाएक सिनियर कमान्डरको गाडीमाथि केही हमलाकर्ताले गोली बर्साएको इरानको सरकारी मिडियाले जानकारी दिएको छ ।

यो हमलामा कमान्डर बालबाल बचे तर उनका एक बडीगार्डको मृत्यु भएको छ ।
बिज्ञापन



मेहर न्युज एजेन्सीका अनुसार जनरल हुसैन अल्मासीको स्वास्थ्य एकदम ठिक छ ।

सरकारी समाचार एजेन्सी इरनाले ब्रिगेडियर जनरल हुसैन अलमासी हमलामा सुरक्षित बाँचेका छन् ।
हमला शनिबार दक्षिण पूर्वी प्रान्त सिस्तान–बलूचिस्तानमा भएको हो ।एजेन्सीले दिएको जानकारी अनुसार हालसम्म चार संदिग्धलाई हिरासतमा लिइएको छ ।
हमलामा मारिएका कमान्डरका बडीगार्डको नाम सेकेन्ड लेफ्टिनेन्ट महमूद अबसलन हो ।
अफगानिस्तान र पाकिस्तानसँग जोडिएको इरानको सिस्तान–बलूचिस्तान प्रान्त ड्रग तस्करको गिरोहका लागि कुख्यात छ ।
यहाँ धेरैजसो सुन्नी इस्लामी चरमपन्थी र शिया अधिकारीबीच झडप भइरहन्छ ।