
रुपन्देहीको भैरहवास्थित बालमन्दिरमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

एक कार्यक्रमकाबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र मुख्य निर्वाचन अधिकृत धनसिंह महराले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।



प्रमुख जिल्ला अधिकारी तिवारीले सुरक्षाको व्यवस्थापन पूर्ण रुपमा सम्पन्न भइसकेको बताउँदै जिल्लाको एकीकृत सुरक्षा योजना तयार गरिसकेको बताए ।

उनले सुरक्षा योजनाले प्रत्येक मतदाता, उम्मेदवार र कर्मचारी सुरक्षालाई प्रत्याभूति गर्ने गरी तयार पारेको बताए ।
यस्तै निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेर प्रादेशिक रुपमा तालिमहरु भएका छन् ।
उनले सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगिसकेको पनि बताए ।
मुख्य निर्वाचन अधिकृत धनसिंह महराले निर्वाचनमा आचारसंहिता पालना गर्नुपर्ने जोड दिँदै दलहरुले पनि त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
उनले आचारसंहिता पालना हुन सके निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सकिने भन्दै आचारसंहिता पालनामा सबैबाट सहयोगको अपेक्षा गरेको बताए ।
बिहीबार देशैभर मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम अनुसार रुपन्देहीको भैरहवा पनि स्थापना गरिएको हो ।