
काठमाडौँ, बैशाख ६ । नेकपा (एमाले) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्रको मस्यौदालाई पारित गरेको छ।

पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बिज्ञापन



घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो।एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने छ।
