
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान मुलुकका अधिकांश भू-भागमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बिज्ञापन



प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
बिहीबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।