टिपर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको नाङ्ले बजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

शङ्खरापुर नगरपालिका–१ नाङ्ले बजारमा बा ४ ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो।

बिज्ञापन

टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँस्कोटा टिपरका सहचालक हुन्।