निर्वाचन आचारसंहिता लागू भएको घोषणा गरिँदै

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागूको घोषणा गर्न पत्रकार सम्मेलन गर्दैछ । निर्वाचन आयोगकाअनुसार शुक्रबार बेलुकी ५ बजे पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू भएको घोषणा गरिने भएको हो ।

पत्रकार सम्मेलन माफर्त आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरि स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको हो ।

बिज्ञापन

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ ।

निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो ।