‘ए मेरो हजुर–४’बाट दुर्गेशको सिन हटाउने तयारी

काठमाडौं- चलचित्र ‘ए मेरो हजुर–४’बाट गायक दुर्गेश थापाको सिन हटाउने तयारीमा निर्माण पक्ष पुगेको बताइएको छ ।

पल शाहसँग जोडिएपछि विवादमा परेका उनको रोल हटाउने तयारी निर्माण पक्षको छ ।

बिज्ञापन

नायक पल शाहका फ्यानले उनको आलोचना गरिरहेकाले चलचित्र रिलिज हुँदा त्यसको असर बक्सअफिसमा पर्नसक्ने निर्माण पक्षले आंकलन गरेको स्रोतको दाबी छ ।

उनले गेष्ट अपिरियन्सका रूपमा मात्रै दुर्गेश रहेको बताए । चलचित्रमा उनको गायकको छोटो रोल रहेको छ ।

र्‍यापर जि–बबको पनि फिल्ममा गीत समावेश छ । आज उक्त गीत निर्माण पक्षले सार्वजनिक गर्दै छ ।