
दमक । झापाको गौरादह बैगुनधुरा सडक खण्डमा सडक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । गौरादह २ स्थित भद्रकाली फर्निचरमा काम गर्ने झमकचोक निवासी राम टुडुको मृत्युु भएको हो ।

सडकमा अवेबस्थित ढंगले रोकेर राखेको को१क २४७९ नम्बरको पानीको ट्ङ्करमा मे२प ३९१२ नम्बरको मोटरसाइकल ठोक्किदा टुडुको मृत्युु भएको हो ।
बिज्ञापन



हाल घटनास्थलमा प्रहरीको उपस्थिति भएतापनि स्थानीय आक्रोसित भएका कारण लास उठाउन सकेको छैन । लापरबाहीका कारण ट्ङ्कर रोकिएको भन्दै स्थानीयले आक्रोश पोखिरहेका छन् ।
