अमेरिकाले गर्‍यो अन्तरमहादेशीय मिसाइल परीक्षण रद्द

एजेन्सी । अमेरिकाले अन्तरमहादेशीय मिसाइल परीक्षण रद्द गरेको छ ।

यसअघि स्थगित भएको अन्तरमहादेशीय मिसाइल (आईसीबीएम)को परीक्षण रद्द गर्ने अमेरिकाले निर्णय गरेको हो ।

बिज्ञापन

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले १० हजार किलोमिटरको दुरीमा प्रहार गर्न सक्ने मिसाइल परीक्षण रद्द गरेको हो।

मिनुटेमन तेस्रो आईसीबीएम आणवि हतियार प्रहार गर्न सक्ने अमेरिकी सेनाको निकै महत्वपूर्ण हतियारमध्येको एक हो ।

यसअघि मार्च २ मा उक्त मिसाइल परीक्षणको तयारी गरिएको थियो। यद्यपि उक्त परीक्षण स्थगित भएको थियो ।

रुसले आफ्नो सेनाको आणविक हतियार एकाइलाई अलर्टमा रहन निर्देशन दिएसँगै अमेरिकाले आईसीबीएम परीक्षणको तयारी गरेको थियो ।

यद्यपि यसले आगामी दिनमा युद्धको जोखिम निम्त्याउन सक्ने भन्दै जानकारहरुले आशंका व्यक्त गरेका थिए।