
ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङकरको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन् । ठक्करबाट घाइते उनलाई उपचारका लागि पाटन अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिज्ञापन



शनिबार बेलुकी पौने ८ बजे बा २ ख ६५१० नम्बरको ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्याङकरसहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।