गठबन्धनका कायम राख्नुपर्छ : कांग्रेस नेतृ सुजाता

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस नेत्री सुजता कोइराला चुनावी गठबन्धनको पक्षमा उभिएकी छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुराकानी गर्दै उनले चुनावी गठनबन्धनको पक्ष÷विपक्षमा पार्टीभित्र बहस भइरहेको र आफू गठबन्धनको पक्षधर रहेको बताइन् ।

नेतृ कोइरालाले गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री तथा केही प्रदेशमा मुख्यमन्त्री पाएको भन्दै यसलाई छाड्न नहुनेमा जोड दिइन् ।

बिज्ञापन

कांग्रेस बलियो भएको ठाउँमा एक्लै लड्ने र कमोजर भएको ठाउँमा गठबन्धन गर्नुपर्ने धारणा राखिन् ।
“मलाई सोध्नुहुन्छ भने गठबन्धन गरेर जाँदा कांग्रेसलाई फाइदा हुन्छ ।

जुन ठाउँमा बलियो छौँ, एक्लै लड्ने । जुन ठाउँमा कमजोर छौँ, गठबन्धन गरेर जानुपर्छ,” उनले भनिन्, “गठबन्धन कसरी गर्ने भन्ने मोडल बनाउनुपर्छ ।”
उनले निर्वाचनको समयमा गुट–उपगुटको कुरा गर्न नहुने बताइन् ।

नेताहरूबाट ‘पार्टीको भविष्य कांग्रेस आईको जस्तै हुन्छ’ भन्दै आएका अभिव्यक्तिहरूप्रति दुःख प्रकट गरिन् ।
“जनताको बीचमा पपुलर छ । तर, गुट–उपगुटका कारणले सधैँ हार्छ,” उनले भनिन्, “कांग्रेस आईजस्तो बन्छ भन्ने निराश हुने कुरा नगरिदिनुहोला । यो त्यसरी विलय हुँदैन ।”