कञ्चनपुरमा १ युवक मृत फेला

कञ्चनपुर । कृष्णपुर नगरपालिकामा १ युवक मृत फेला परेका छन् ।

कृष्णपुर नगरपालिका वडा नम्बर १ कुम्गडा नजिक शनिवार अन्दाजी २५ वर्षीय करन खत्री मृत अवस्थामा फेला परेका हईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।

बिज्ञापन

प्रहरीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर १२ नाइल घर भएका खत्रीले मदिरा सेवन गरेका थिए ।

शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए।