देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन एमाले अध्यक्ष ओलीको जोड

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् ।

देशलाई उद्योग व्यवसायतर्फ लैजाँदा आत्मनिर्भर अर्थतन्त्र हुने उनले बताए ।

बिज्ञापन

पार्टी मातहतको उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राखे ।

‘उत्पादनमा नवीनता, नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता हो’, उनले भने, ‘उत्पादनका क्षेत्रलाई आनुधिक बनाउनुपर्‍यो र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नुपर्‍यो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले विकास पनि आधुनिकीकरण भएको बताए ।

त्यसअन्तर्गत भौतिक र सामाजिक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए । उनले कृषिमा आधुनिकीकरण नगरी उत्पादकत्व नबढ्ने र आयात प्रतिस्थापन नहुने बताए ।