
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेकपा एमाले छाड्ने लहर चलेको दाबी गरेका छन् । शुक्रबार पार्टी निकट महिला संघको भेलामा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको दाबी समेत गरे ।

नेपालले दक्षिणपन्थी शक्तिसँग मिल्न खोजिरहेको समेत बताए । उनले भने, ‘केपी शर्मा ओली हाम्रो गठबन्धन टुटाउन खोज्दैछन्, उनी अर्को गठबन्धन बनाउन खोज्दैछन्, त्यसका लागि सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन्, राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन्, दक्षिणपन्थी शक्तिसँग मिल्न खोजिरहेका छन् ।



’आफ्नो पार्टीले ६ महिनामै पाएको सफलता अरुले नपाएको नेपालले बताए । उनले भने, ‘हामी ६ महिनामै ७७ वटै जिल्ला, अधिकांश पालिका र अधिकांश वडाहरूसम्म फैलिएका छौं । अधिकांश ठाउँमा हाम्रो कमिटी विस्तार भइसकेको छ ।’

एमाले छाडेर एसमा आउनेको लहर चलेको समेत उनले बताए । उनले भने, ‘अहिले देशभर एमाले छाड्ने लहर चलेको छ, हाम्रो पार्टी प्रवेश गर्ने महाअभियान चलिरहेको छ । अहिले म जहाँ गइरहेको छु त्यहीँ भीड हुन्छ । जहाँका हल पनि साँघुरा हुन्छन्, कुर्ची कम पर्छन् । भुइँमै फम र कार्पेट बिछ्याएर बस्नुपर्छ । हिमाल, पहाड, तराई जताततै भीडैभीड छ ।’
नेकपा एस क्रान्तिकारीधारमा हिँडेको भन्दै उनले एमाले दक्षिणपन्थी बाटोमा भासिएको आरोप लगाए । उनले भने, ‘एमाले दक्षिणपन्थी बाटोमा भासिएको छ, हामी अग्रगामी क्रान्तिकारी बाटोमा छौं । त्यसैले एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गर्नेहरू बढ्दै गएका छन् ।’
एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेको एकवर्ष पूरा भएको भन्दै नेता नेपालले पार्टी अझ मजबुत बनाउने संकल्प गरे । उनले कैलालीबाट प्रधानमन्त्री पत्नी आरजु राणाले गठबन्धनबाट चुनाव लड्ने बताएको पनि प्रसंग उजागर गरे । उनले राणालाई धन्यवाद दिए । उनले भने, ‘धन्यवाद छ आरजु देउवालाई, विचार मिल्नेसँग मिल्न सकिन्छ, मोहनविक्रम उपेन्द्र यादव, नेकपा माओवादीले काँग्रेसको पनि एउटा हिस्सा हामीसँग मिल्न चलिरहेको छ । विचार मिल्नेहरूसँग मिल्न सकिन्छ ।’
उनले पुरानो विचार बोकेको पार्टी आफ्नो रहेको समेत दाबी गरे । उनले अमृत बोहोराले आफ्नो पार्टी छाडेर हिँडेको बताए । उनले एमालेमा गएका नेतालाई बेपत्ता भएको बताए । उनले सबै ठाउँमा नेकपा एस बलियो रहेको दाबी गरे । उनले नुवाकोटमा एकीकृत समाजवादी बलियो रहेको दाबी गरे । उनले उत्साह नुवाकोटले थपेको बताए । उनले आफ्नो पार्टीको भविष्य रहेको समेत दाबी गरे ।
उनले केपी ओलीलाई धुलो चट्टाएको समेत दाबी गरे । उनले बच्चालाई समेत कलम दिइने गरेको बताए । उनले सूर्यमा भने ग्रहण लाग्ने समेत बताए । कलमले इतिहास कोर्ने समेत उनको भनाई छ । उनले चिह्नभन्दा जनि बिचार ठूलो कुरा रहेकझ बताए ।