मनकमना केबलकार एक दिन बन्द हुने

काठमाडौं । नेपालको पहिलो केबलकार मनकमना केबलकार एक दिन बन्द हुने भएको छ ।

नियमित मर्मत-सम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो ।

बिज्ञापन

मर्मत-सम्भारपछि चैत १५ गते मंगलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका-४, चेरेशस्थित बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ ।

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।