आधा शरीर जलेको अवस्थामा महिलाको शव भेटियो

धादिङ । आधा शरीर जलेको अवस्थामा महिलाको शव भेटिएको छ ।

धादिङको धुनिबेशी नगरपालिका-२ सेरोफाँटकी ६७ वर्षीया लक्ष्मी कार्की आफ्नै घरको आँगनमा सोमवार राति मृत अवस्थामा फेला परेकी हुन् ।

बिज्ञापन

अर्ध शरीर जलेको अवस्थामा उनको शव फेला परेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी जीवनपुर र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली खटिएको थियो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।