
रौतहट । रौतहटमा एक महिला बलात्कृत भएकी छन् ।

सोमबार राति ८ बजेतिर शौच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेको आरोप छ ।
बिज्ञापन



जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आरोपित पटेल फरार छन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ । पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएको छ ।
दुई सन्तानकी ती महिला घरछेउकै खेतमा शौच गर्न गएको बताइएको छ ।
तर, पटेलले उनलाई खेतमै पछारेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पीडितले गुहार मागेर होहल्ला गरेपछि पटेल फरार भएका थिए ।