
महेश सिंह चैत – सिरहाको धनगढीमाई नगरपालिका र सुखीपुर नगरपलिकामा सप्तचण्डी महायज्ञको आयोजना हुने भएको छ। श्री श्री १०८ श्री सप्तचण्डी महायज्ञ मूल समितिले यज्ञको आयोजना गर्ने छ ।

भारतको उत्तराखण्ड, अयोध्या, वृन्दावन, काशीलगायत नेपालका सन्त मुनी महात्माहरूको यज्ञमा उपस्थिति रहने यज्ञ समितिको अध्यक्ष धनीराम महतोले जानकारी दिए ।



यज्ञमा कथा वाचन, भागवत पुराण, रामलीला, नृत्य तथा कथा प्रवचनलगायत झुला मोतका कुवालगायतका कार्यक्रमहरू हुने समितिका उपाध्यक्ष चन्द्रशेखर यादवले जानकारी दिए ।

यज्ञ आरम्भ २०७८ चैत १८ गतेदेखि सुरु हुने र कलश यात्रा चैत १८ गते बिहान ८ बजेदेखि सुरु हुने यज्ञकर्ता मोनी बाबा महराज कामाख्या सिद्धि नागा बाबाले बताए ।
यज्ञ विसर्जन चैत २६ गते हुने सचिव दिपिन यादवले जनाए।
उक्त स्थानमा प्राचीन कालदेखि गडिमाई स्थानको शक्तिशाली मन्दिर रहेको स्थानीय पत्रकार वीरेन्द्र विरु यादवले बताए।