
मोरङ । मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा छजना पक्राउ परेका छन् ।

प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी आइतबार मोरङको लेटाङमा भएको घटनामा संलग्न ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ६ जना पक्राउ गरेपनि प्रहरीले उनीहरुको पहिचान खुलाएकाे छैन ।
बिज्ञापन



हिजो स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । स्थिति तनावपूर्ण बनेकाले लेटाङमा आज बिहानैदेखि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले विद्यालयमा अध्ययनरत छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडले आक्रमण गरेको थियो ।