एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं- स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।

बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताइएको छ ।

बिज्ञापन

निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।

बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने बुझिएको छ ।