प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११औँ बैठक दिउँसो १ बजे बैठक बस्नेछ।

आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ ।

बिज्ञापन

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘आजको बैठकले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने’ उल्लेख छ ।

प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरिसकेको छ। समितिमा प्रमुख प्रतिपक्षी एमाले पनि सहभागी छ ।

जबराविरुद्ध गत १ फागुनमा महाभियोग दर्ता भएको थियो ।

आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।