लगातार दोस्रो दिन कोरोनाबाट शुन्य मृत्यु

काठमाडौं — पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

छ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ र दुई हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी ११२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

सोही अवधिमा ४२९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । यसअघि बुधबार पनि कोरोनाबाट कुनै संक्रमितको मृत्यु भएको थिएन । मङ्गलबारसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो ।

त्यस्तै नेपालमा हाल पाँच हजार ३४० जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २९ हजार २८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।