कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी, एक घर जलेर नष्ट

ताप्लेजुङ । कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। आगलागी बिहीबार बिहान देखि सुरु भएको हो।

सुख्खा मौसम भएसँगै कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागीका घटना बढ्न थालेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ। संरक्षण क्षेत्र अवस्थित फक्ताङलुङ गाउँपालिका–६ अम्जिलेसा क्षेत्रमा पर्ने सामुदायिक वनमा अहिले आगलागी भइरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए।

बिज्ञापन

‘भर्खरै एउटा घर जलेर नष्ट भएको खबर आएको छ। आगलागी नियन्त्रणभन्दा बाहिर गएको छ,’ उनले भने।

ढडेलो नियन्त्रणमा लिन सेकाथुम गाउँबाट थप जनशक्ति परिचालन भएको संरक्षण क्षेत्रले जनाएको छ।

डढेलो समयमै नियन्त्रणमा आउन नसके ठूलो क्षति हुन सक्ने संरक्षण क्षेत्रले जनाएको छ। संरक्षण क्षेत्रस्थित फक्ताङलुङ गाउँपालिका(५ तापेथोकमा बिहीबार नै लागेको ढडेलो स्थानीय संरक्षणकर्मीहरूको पहलमा नियन्त्रणमा आएको कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय प्रमुख वार्डेन रमेश यादवले बताए।