
काठमाडौं । विराटनगर खानेपानी सुधार आयोजनामा खर्च हुने गरी जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ।

अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ।
बिज्ञापन



पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् ।

जापानले उपलब्ध गराउने यो अनुदान रकम रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने मन्त्रालयले जनाएको छ।
जापान नेपाललाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने मुलुकमा पर्छ।