
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० रहरपुरमा मंगलबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना घाइते भएका छन् । एयरपोर्ट देखी सानो सुर्खेत रहरपुर तर्फ जादै गरेको भे २ प २९ ३४ नम्बरको मोटरसाइकल गएराती साढे १२ बजे पल्टीएको हो ।
बिज्ञापन



दुर्घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका-७ का १९ बर्षीय चन्द्र बहादुर सिंजाली र पछाडी बस्ने वीरेन्द्रनगर नगरपालिका-१२ का २१ बर्षीय बल बहादुर कामी घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागी कर्णाली प्रदेशीक अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो । चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।