तेलको मूल्य प्रतिब्यारल १२७ डलरसम्म पुग्यो

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यले नयाँ किर्तिमान बनाएको छ । सोमबार प्रति ब्यारल कच्चा तेल १२७ डलरसम्म पुगेको छ ।
आइतबार ११८ डलरसम्म पुगेको तेलको मूल्य सोमबार ह्वात्तै बढेको छ ।

ब्रन्ड क्रुड १२७, डब्लुटीआई क्रुडको १२४, ओपेक बास्केटको ११७, बोनी लाइटको ११५ र लुसियाना लाइटको ११० डलर पुगेको छ ।
युक्रेन संकटदेखि नै तेलको मूल्य आकाशिएको छ ।

बिज्ञापन

रुसले युक्रेनमाथि हमला गरेपछि तेलको मूल्य निरन्तर उकालो लागेको हो ।
अमेरिका र यूरोपेली देशहरुले रुसी तेलमाथि प्रतिबन्ध लगाउने चर्चा चलिरहँदा तेलको मूल्य किर्तिमान बनाउने गरी बढेको हो ।

प्रतिबन्ध लगाएमा प्रति ब्यारल कच्चा तेल १५० डलरभन्दा बढी पुग्ने आँकलन गरिएको छ ।