युक्रेनको दाबी : सेनाले ‘चुहुइव’ शहरलाई रुसको कब्जाबाट छुटायो

एजेन्सी । युक्रेनका रक्षा अधिकारीले उनको सेनाले पूर्वी क्षेत्रमा स्थित चुहुइव शहरलाई रुसको कब्जाबाट छुटाएको दाबी गरेका छन् ।

आइतबार राती फेसबुकमा साझा गरिएको एक अपडेटमा युक्रेनका चीफ अफ जनरल स्टाफले किभको सेनाले रुसी सैनिकको कब्जाबाट चुहुइवलाई छुटाएको बताएका छन् ।

बिज्ञापन

उनले यो लडाईंमा मस्कोको सेनालाई भारी क्षती पुगेको बताएका छन् । युक्रेनका अधिकारीले शहरलाई छुटाउनका लागि भएको युद्धमा रुसका दुई शीर्ष सैन्य अधिकारीको मृत्यु भएको दाबी गरेका छन् । यो शहरमा करिब ३१ हजारको जनसंख्या छ ।

बीबीसीले यो दाबी पुष्टि नगर्ने बताएको छ । युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खारकिभबाट २३ मिलको दुरीमा स्थित चुहुइव शहर रणनीतिक रुपमा महत्वपूर्ण मानिन्छ । यहाँ पछिल्लो एक हप्तादेखि रुसी बलको तर्फबाट भारी गोलीबारी गरिएको थियो ।