म पीडित हुूँ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ : प्रियंका कार्की

काठमाडौं । नायक पल शाह र गायिका समिक्षा अधिकारी प्रकरणमा नायिका प्रियंका कार्कीले धारणा सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै नायिका कार्कीले म पीडित हुूँ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्ने बताएकी छन् ।

अभिनेत्री कार्कीले समाजमा पीडितले ‘पीडित हुँ’ भन्न पनि ठूलै हिम्मत बोकेर आउनुपर्ने अवस्था आउनु दुःखद् भएको बताएकी हुन् ।

बिज्ञापन

कार्कीले नाबालिग समिक्षाले ‘म पीडित हुँ’ भन्दा उनको चरित्रमाथि नै प्रश्नचिन्ह उठाउने काम सभ्य समाजले गर्नै नसक्ने समेत बताएकी छन् ।

नायिका कार्कीले प्रियंकाले निर्णय गर्न सक्ने उमेर नभएकैले नाबालिग भनिएको र तिनको संरक्षण गर्नु समाजको दायित्व भएको उल्लेख गरेकी छन् ।